सेल्टा भिगो युरोपका लागि चुनौती पेस गर्दै

हारले सेभिया भने २० अंकमा १४ औं स्थानमा रह्यो । सेभिया रेलिगेसन क्षेत्रबाट तीन अंक मात्र अगाडि छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Celta Vigo poses a challenge for Europe

काठमाडौँ — स्पेनी ला लिगामा सेल्टा भिगोले सोमबार सेभियालाई १–० ले पराजित गरेको छ र यस जितसँगै उसले अर्को सिजन युरोपमा खेल्नका लागि चुनौती पेस गरेको छ ।

सेल्टा भिगाको यो जितपछि २९ अंकमा सातौं स्थानमा उक्लेको छ । यो शीर्ष चारबाट नौ अंकको दूरी हो । 

हारले सेभिया भने २० अंकमा १४ औं स्थानमा रह्यो । सेभिया रेलिगेसन क्षेत्रबाट तीन अंक मात्र अगाडि छ ।

खेलको एक मात्र निर्णायक गोल ८८ औं मिनेटमा निस्केको थियो र यो मार्कोस एलोन्सोको नाममा रह्यो । उनले पेनाल्टीबाट गोल गरेका हुन् ।

कान्तिपुर

Link copied successfully