बंगलादेशद्वारा विश्वकप खेल्न भारत नजाने अडान कायमै

विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) सँगको संवादपछि बंगलादेश आफ्नो पहिलो धारणामै अडिग रहेको हो ।

पुस २९, २०८२

एएफपी

Bangladesh insists on not going to India to play in the World Cup

What you should know

लन्डन — बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले मंगलबार भारतमा ट्वान्टी–२० विश्वकप खेल्न नजाने आफ्नो अडानलाई दोहोर्‍याएको छ । विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) सँगको संवादपछि बंगलादेश आफ्नो पहिलो धारणामै अडिग रहेको हो ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले मंगलबार भारतमा ट्वान्टी–२० विश्वकप खेल्न नजाने आफ्नो अडानलाई दोहोर्‍याएको छ । विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) सँगको संवादपछि बंगलादेश आफ्नो पहिलो धारणामै अडिग रहेको हो ।

दुई देश बीचको तनाव बढिरहेको समयमा बंगलादेशले सुरक्षाको कारण देखाई भारतमा हुने भनिएको आफ्नो खेल सहआयोजक श्रीलंकामा सार्न आईसीसी समक्षा सार्न अनुरोध गरेको थियो । फेब्रुअरी ७ बाट सुरु हुने ट्वान्टी–२० विश्वकपमा बंगलादेशले आफ्नो समूहचरणको नेपालसहितका ४ खेलहरु भारतमा खेल्ने तालिका छ ।

भारतले बंगलादेशका तीव्र बलर मुस्ताफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट हटाएपछि यी दुई राष्ट्रबीचको विवाद बढेको थियो । यसअघि पनि आईपीएलको विभिन्न फ्रेन्चाइज टोलीबाट खेलिसकेका मुस्ताफिजुरलाई कोलकाता नाइट राइडर्सले डिसेम्बरमा १० लाख डलरमा अक्सनबाट लिएको थियो । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा कोलकाताले रहमानलाई आफ्नो टोलीबाट हटाएको थियो ।

बंगलादेशमा अल्पसंख्यक समुदायमाथि चरम दमन भइरहेको पृष्ठभुमिमा भारतले यो निर्णय गरेको थियो । तर रहमानलाई आईपीएलमा हटाउँदा ढाकामा आक्रोश उर्लिएको छ । मंगलबार आईसीसीसँगको भिडियो कन्फ्रेन्सपछि बीसीबीले भनेको छ, ‘आईसीसीलाई बंगलादेशका खेलहरु भारत बाहिर सार्न बिचार गर्न पुनः अनुरोध गरेका छौं ।’

२०२४ मा ढाकामा भएको जनआन्दोलनपछि भारत निकट बंगलादेश प्रधानमन्त्री शेख हसिना पदच्युत हुन पुगेकी थिइन् । यसले भारत र बंगलादेशको राजनीतिक सम्बन्धमा चिसोपन ल्याएको थियो । भारतका विदेशीमन्त्रीले गत महिना मुस्लिम बहुसंख्यक भएको बंगलादेशमा अल्पसंख्यकहरु प्रति निरन्तरत शत्रुतापूर्ण व्यवहार भइरहेको भनेर निन्दा गरेका थिए ।

यता बंगलादेशका अन्तरिम नेता एवंम नोबेल शान्ति पुरस्कार विजेता मोहम्म युनुसले भारतले हिंसाको परिणामलाई बढाएर देखाएको आरोप लगाएका छन् ।

बीसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाको कारण देखाउँदै भारत भ्रमण नगर्ने निर्णयमा बीसीबीले आफ्नो अडान दोहर्‍याएको छ । आईसीसीले प्रतियोगिताको खेल तालिका पहिला नै जारी गरिसकेकाले बीसीबीलाई आफ्नो निर्णयमा पुर्नविचार गर्न अनुरोध गरेको भए पनि बोर्ड आफ्नो अडान कायमै राख्दछ ।’

आईसीसीले यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । लिट्टन दासको कप्तानीमा रहेको बंगलादेश आईसीसी ट्वान्टी–२० वरीयतामा नवौं स्थानमा छ । बंगलादेशले ट्वान्टी–२० विश्वकपका यसअघिका नौं संस्करण खेल्दै आए पनि सेमिफाइनल पुग्न सकेको छैन । 

एएफपी

Link copied successfully