सानसिरोमा भएको खेलमा इन्टरले दुई पल्ट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। उसका लागि फेडरिको डिमार्को र हाकान चाहालोलुले गोल गरे ।
काठमाडौँ — इटालीको सिरी ए मा उपाधिका होडमा रहेका दुई प्रमुख क्लब इन्टर मिलान र नेपोलीबीचको खेल आइतबार २–२ को बराबरीमा टुंगेको छ । सानसिरोमा भएको खेलमा इन्टरले दुई पल्ट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।
उसका लागि फेडरिको डिमार्को र हाकान चाहालोलुले गोल गरे । नेपोलीका तर्फबाट दुवै गोल स्कट म्याक टोमिनीले गरे । यो नतिजापछि इन्टर ४३ अंकमा शीर्ष स्थानमा रह्यो । नेपोली भने ३९ अंकमा तेस्रो स्थानमा छ ।
एसी मिलान ४० अंकमा दोस्रो स्थानमा छ । एएस रोमा पनि ३९ अंकमा चौथो स्थानमा रहेको छ । यसपल्टको इटालीको लिग उपाधिको होड खुल्ला रहेको छ ।
