बोगटान फुड्सिल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड खत्याडी माविलाई

खत्याडीले १६ स्वर्ण, ६ रजत र ४ कास्य गरी २६ पदक जित्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो।

पुस २८, २०८२

मोहन पनेरु

Bogtan Fudsil Rural Municipality-level President's Running Shield awarded to Khatyadi Secondary School

डोटी — बोगटान फुड्सिल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०८२ को उपाधि खत्याडी माध्यमिक विद्यालयले हात पारेको छ। खत्याडीले कुल २६ पदक जित्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो।

खत्याडीले १६ स्वर्ण, ६ रजत र ४ कास्य पदक जित्न सफल भएको छ। प्रतियोगितामा जोराघाट माध्यमिक विद्यालय सातफरी दोस्रो भएको छ। जोराघाटले ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित १२ पदक प्राप्त गरेको छ।

त्यस्तै, दर्जाकोट माध्यमिक विद्यालय धिर्कामाण्डौ १५ पदकसहित तेस्रो भएको छ। दर्जाकोटले ३ स्वर्ण, ६ रजत र ६ कास्य पदक हात पारेको हो।

अन्य विद्यालयमध्ये भगवतेश्वर माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत र ३ कास्यसहित ६ पदक, केदारअखडा माध्यमिक विद्यालयले २ स्वर्ण र ३ कास्यसहित ५ पदक जितेको छ। सिमचौर माध्यमिक विद्यालयले १ स्वर्ण, ५ रजत र ५ कास्यसहित ११ पदक प्राप्त गरेको छ भने कानाचौर माध्यमिक विद्यालयले ६ रजत र ५ कास्यसहित ११ पदक हात पारेको छ। मष्टेश्वर माध्यमिक विद्यालयले ३ रजत र १ कास्यसहित ४ पदकमा चित्त बुझाएको छ।

बोगटान फुड्सिल गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा शुक्रबारदेखि मष्टेश्वर माध्यमिक विद्यालय, गगुडास्थित खेलमैदानमा सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो। प्रतियोगितामा गाउँपालिकाभरिका माध्यमिक विद्यालयको सहभागिता रहने गरे पनि यस वर्ष कर्कटेश्वर माध्यमिक विद्यालयले सहभागिता जनाएको थिएन।

मोहन पनेरु

Link copied successfully