बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

साउदी अरेबियाको जेद्दामा भएको फाइनलमा उनले ३६ र ७३ औं मिनेटमा गोल गरे ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Barcelona won the Super Cup title

काठमाडौँ — राफिन्हाले गरेको दुई गोलको मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्दै आइतबार स्पेनिस सुपरकपको उपाधि जितेको छ । साउदी अरेबियाको जेद्दामा भएको फाइनलमा उनले ३६ र ७३ औं मिनेटमा गोल गरे ।

अर्को गोल रोबर्ट लेवनडोस्कीले गरे । रियलका तर्फबाट भिनिसियस जुनियर र गोन्जालो गार्सियाले गोल गरे । यससँगै बार्सिलोनाले कीर्तिमान १६ औं पल्ट स्पेनिस सुपरकपको उपाधि जितेको छ ।

खेलको अन्त्यमा बार्सिलोना दस खेलाडीमा सीमित रहेको थियो । फ्रेन्क डे जोङ रातो कार्डमा मैदान छाड्न बाध्य रहे । रियलका लागि केयलिन एमबापेले अन्तिम १५ मिनेट खेले पनि निर्णायक गोल निकाल्न असफल रहे । 

कान्तिपुर

Link copied successfully