तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन

आयोजक कागेश्वरी मनोहरा नगरपालिका हातामा भएको प्रतियोगिताको पुरुषमा ढल्कोका अर्पण लामा र महिलामा काठमाडौंको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी चुनिए ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Team Dhalko crowned champions in Taekwondo League

What you should know

काठमाडौँ — ढल्को तेक्वान्दो डोजाङले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार ७ स्वर्ण र १ रजत जितेर टिम च्याम्पियन ट्रफी उचालेको छ ।

जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ दोस्रो भयो । तेस्रो स्थान भएको लैनचौर तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र २ कांस्य जितेको थियो ।

आयोजक कागेश्वरी मनोहरा नगरपालिका हातामा भएको प्रतियोगिताको पुरुषमा ढल्कोका अर्पण लामा र महिलामा काठमाडौंको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले पुरस्कृत गरे । कागेश्वरी मनोहरा नगरपालिकाले बागमती प्रदेश तेक्वान्दो संघलाई सहयोगस्वरुप ल्यापटप प्रदान गरेको थियो ।  दुईदिने प्रतियोगितामा २ सय २७ खेलाडी विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Team Dhalko crowned champions in Taekwondo League

कान्तिपुर

Link copied successfully