तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिताको नयाँ मिति सार्वजनिक

आइतबार काठमाडौंस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

New date for Tenzing Norgay Memorial Open Climbing Competition announced

काठमाडौँ — तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता आगामी २९ मे २०२६ मा हुने भएको छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन इंकले आइतबार काठमाडौंस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।

सगरमाथाका प्रथम सफल आरोही तथा विश्वभरका पर्वतारोहण पेसाकर्मीका लागि प्रेरणाका स्रोत स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा पछिल्ला दुई वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

कान्तिपुर

Link copied successfully