मिडिया रिपोर्ट्सका अनुसार न्युजिल्यान्डविरुद्ध एक दिवसीय सिरिजबाट उनी बाहिरिएका छन् । उनको स्थानमा अब ध्रुव जुरेल वा ईशान किशनलाई मौका दिन सकिने बताइएको छ।
काठमाडौँ — भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते भएका छन् । वडोदरामा नेट प्राक्टिसका क्रममा उनलाई चोट लागेको हो ।
शनिबार साँझ अभ्यासका क्रममा थ्रोडाउन स्पेशलिस्टविरुद्ध उनी ब्याटिङ गरिरहेका थिए । यसै क्रममा उनलाई पेटको दाहिनेतर्फ बल लागेको थियो ।
चोट लागेपछि पन्त चिच्याउँदै भुइँमा बसेका थिए । टिम र मेडिकल स्टाफको सहायतामा उनलाई मैदान बाहिर ल्याइयो ।
न्यूज एजेन्सी आईएएनएसका अनुसार चिकित्सकले जाँच गर्दा ऋषभको दाहिने करङमा चोट लागेको पत्ता लागेको छ ।
मिडिया रिपोर्ट्सका अनुसार न्युजिल्यान्डविरुद्ध एक दिवसीय सिरिजबाट उनी बाहिरिएका छन् । उनको स्थानमा अब ध्रुव जुरेल वा ईशान किशनलाई मौका दिन सकिने बताइएको छ ।
वडोदराको कझटाम्बी स्टेडियममा पहिलोपटक पुरुष अन्तर्राष्ट्रिय खेल हुँदैछ । दोस्रो एक दिवसीय खेल १४ जनवरीमा राजकोट र तेस्रो खेल १८ जनवरीमा इन्दौरमा हुनेछ ।
