यस नतिजापछि आइभरीकोस्ट उपाधिको रक्षा गर्न असफल लगातार आठौं साविक विजेता बनेको छ ।
काठमाडौँ — इजिप्ट र नाइजेरियाले शनिबार अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनल यात्रा तय गरेका छन् । इजिप्टले डिफेन्डिङ च्याम्पियन आइाभरीकोस्टलाई ३–२ ले हरायो र त्यसमा मोहमद सलाहको गोल निर्णायक सावित भयो ।
यस नतिजापछि आइभरीकोस्ट उपाधिको रक्षा गर्न असफल लगातार आठौं साविक विजेता बनेको छ । सन् २०१० मा इजिप्टले अन्तिम पटक उपाधिको रक्षा गरेको थियो ।
यस्तै भिक्टर ओसिमहेनको उत्कृष्ट प्रदर्शनको मदतले नाइजेरियाले अल्जेरियालाई २–० ले पराजित गर्यो । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
अब पहिलो सेमिफाइनलमा सेनेगेलले इजिप्टको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा नाइजेरिया र आयोजक मोरक्को भिड्ने छन् ।
