विजयपुर साँगुरीगढी दौडको उपाधि सेनाका अर्जुन बुढा र पुष्पा शेर्मालाई

१० किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकले क्रमश २५, १५ र १० हजार नगद पुरस्कार पाए।

पुस २७, २०८२

विनोद घिमिरे

Army's Arjun Budha and Pushpa Sherma win Vijaypur Sangurigadhi race title

धनकुटा — ३ सय ४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको विजयपुर-साँगुरीगढी १० किलोमिटर दौडमा सेनाको देवीदत्त गणका सिपाही अर्जुन बुढा र महिलातर्फ पाँचथरकी पुष्पा शेर्माले प्रथम स्थान हासिल गरिन्।

त्यसैगरी ५ किलोमिटर दौडमा पुरुषतर्फ संयोल लिम्बु र महिला तर्फ मन्दिरा महतारा प्रथम भएका छन्।

प्रतियोगिताका विजयी धावकलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली, सेनाको पूर्वी पृतना हेड्क्वाटरका पृतनापति उपरथी गौरवकुमार केसी, हिले बहिनीका बाहिनीपति सहायक रथी दिवाकरविक्रम राणालगायतले पुरस्कार वितरण गरे।

१० किलोमिटर दौडमा पहिलो, दोस्रो  र तेस्रो स्थान हासिल गर्ने धावकले क्रमश २५, १५ र १० हजार नगद पुरस्कार पाए। यस्तै ५ किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई क्रमश १२, ८ र ५ हजार नगद वितरण गरियो । 

उत्कृष्ट १० स्थान हासिल गर्ने प्रतियोगी धावकलाई समेत प्रमाणपत्र प्रदान गरिएको सल्लेरीस्थित भीमदल गणका गणपति गणेश थापाले जनाए। दौडका दुवै विधामा ३ सय ३४ जनाको सहभागिता थियो ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully