रियल म्याड्रिडले बिहीबार भएको सेमिफाइनलमा छिमेकी एटलेटिको म्याड्रिडलाई २–१ ले हराएको हो ।
काठमाडौँ — स्पेनिस सुपरकपको फाइनल अल क्लासिको हुने भएको छ ।
रियल म्याड्रिडले बिहीबार भएको सेमिफाइनलमा छिमेकी एटलेटिको म्याड्रिडलाई २–१ ले हराएको हो ।
अब फाइनल आइतबार हुनेछ र त्यसमा स्पेनी फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी बार्सिलोना र रियल भिड्ने छन् । साउदी अरेबियाको जेद्दामा भएको खेलमा रियलका लागि फेड भाल्भेरडो र रोड्रिगोले गोल गरे ।
एटलेटिकोको तर्फाट एलेक्जान्डर सोरलोथले एक गोल फर्काए । सबै प्रतियोगितामा गरेर रियलको यो लगातार पाँचौं जित हो र यसले प्रशिक्षक ज्याभी एलोन्सोको स्थिति केही बलियो बनाएको छ ।
बार्सिलोनाले यसअघि पहिलो सेमिफाइनलमा एथलेटिको बिलबाओलाई हराएको थियो ।
