लिभरपुलसँग आर्सनलको बराबरी

यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Arsenal draw with Liverpool

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ ।

यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ ।

इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग उपाधितर्फ उन्मुख देखिएको छ ।

शीर्ष स्थानमा आर्सनलको २१ खेलबाट ४९ अंक भएको छ । लिभरपुल भने ३५ अंकमा चौथो स्थानमा छ र यो पाँचौंमा रहेको ब्रेन्टफोर्डमाथि दुई अंकको अग्रता हो ।

कान्तिपुर संवाददाता

Link copied successfully