विष्णु र भोज ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको अन्तिम आठमा

यू–१७ महिला एकलतर्फ बालकुमारी रिमिक्सकी सिभिलिका गिरी र विशेष्ठा खड्का क्वार्टरफाइनल पुगेका छन् ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Bishnu and Bhoj advance to the last eight of the Lalitpur Mayor's Cup National Badminton

What you should know

काठमाडौँ — सप्तरीका विष्णु कटुवाल र नेपाल एपीएफ क्लबका भोजबहादुर गुरुङ चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको अन्तिम आठमा प्रवेश गरेका छन् । विष्णुले पुलिसका नगेन्द्र लिम्बूलाई १८–२१, २१–१८, २१–१८ ले पराजित गरे । 

भोजले पुलिसकै सुनील जोशीलाई १४–२१, २१–९, २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरे । पुलिसका जीवन आचार्य, पूर्ण थापा, आर्मीका विधान अधिकारी, नरेन्द्र बम, प्रफुल महर्जन, एपीएफका क्षितिज खनाल पनि क्वार्टरफाइनल पुगेका छन् । जीवनले आर्मीका अभय महरालाई १४–२१, २१–१६, २१–१८, विधानले एपीएफका देवराज रानालाई १६–२१, २१–१५, २१–१२, क्षितिजले पुलिसका कविर केसीलाई २१–१५, २१–१२, नरेन्द्रले पुलिसका दीपकबहादुर बोहरालाई १९–२१, २३–२१, २१–१७, पूर्णले ओखलढुंगाका टीकाध्वज राईलाई २१–१४, २१–१४ र प्रफुलले पुलिसका जोन जसराजलाई २१–३, २१–८ ले पराजित गरे ।

ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको यू–१७ महिला एकलतर्फ बालकुमारी रिमिक्सकी सिभिलिका गिरीले भैंसेपाटी स्पोर्ट्स एकेडेमीकी स्वीकृति कार्कीलाई १९–२१, २१–१७, २१–९ ले, विशेष्ठा खड्काले आर्मीकी युमिका साम्पाङ राईलाई २१–१२, २१–९ ले पराजित गर्दै क्वार्टरफाइनल पुगेका छन् ।  

बालकुमारी रिमिक्सकी युश्ना महर्जन, आर्मीकी सम्बृद्धि श्रेष्ठ र अजरेन्का सेरचन तथा फिटनेपाल स्पोर्टसेप्लेक्सका निभा राई पनि अन्तिम आठमा पुगेका छन् । युश्नाले कपिलवस्तुकी रविना विष्टलाई २१–१२, २१–१०, सम्बृद्धिले देवीनगरकी दिब्यानी आचार्यलाई २१–५, २१–५, अजरेन्काले बालकुमारी रिमिक्सकी रुचिरा बज्राचार्यलाई २१–८, २१–३ र निभाले डियरवाक सिफल स्कुलकी इरादा तिमल्सिनालाई २१–५, २१–१ ले पराजित गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully