बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

साउदी अरेबियाको जेद्दामा भएको खेलमा बार्सिलोना सजिलो जित आत्मसात् गर्न सफल रहेको हो ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Barcelona in the Spanish Super Cup final

काठमाडौँ — राफिन्हाले गरेको दुई गोलको मदतले बार्सिलोनाले बुधबार एथलेटिको बिलबाओलाई ५–० पराजित गर्दै स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरेबियाको जेद्दामा भएको खेलमा बार्सिलोना सजिलो जित आत्मसात् गर्न सफल रहेको हो ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनका लागि फेरान टोरेस, फेरमिन लोपेज र रोनी बारडघाजीले पनि गोल गरे । 

अब उसले फाइनलमा रियल म्याड्रिड अथवा एटलेटिको म्याड्रिडबीच हुने अर्को खेलको विजेताको सामना गर्नेछ । स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाको यो सबै प्रकारको प्रतियोगितामा गरेर लगातार नवौं जित हो । 

गत वर्ष ला लिगा र कोपा डेल रे उपाधि जितेको बार्सिलोनाले स्पेनिस सुपरकप पनि जितेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully