सिटी र भिल्ला बराबरीमा रोकिँदा आर्सनललाई फाइदा

सिटीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो भने क्रिस्टल प्यालेर र भिल्लाले गोलरहित बराबरी खेले ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Arsenal benefit as City and Villa draw

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र एस्टन भिल्ला दुवै बुधबार बराबरीमा रोकिएका छन् र यसले उपाधि होडमा लिग तालिकाको शीर्षमा रहेको आर्सनललाई अझ फाइदा भएको छ ।

सिटीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो भने क्रिस्टल प्यालेर र भिल्लाले गोलरहित बराबरी खेले ।

सिटीले इर्लिङ हालान्डको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । इतिहाडमा काओरु मितोमाले बराबरी गोल फर्काए ।

हालान्डले सिटीका लागि गरेको गोल संख्या १ सय ५० पुगेको छ । सिटीको २१ खेलबाट ४३ अंक भएको छ । भिल्ला पनि ४३ अंकमै रह्यो । आर्सनल भने ४८ अंकमा शीर्ष स्थानमा छ ।

अन्य खेलमा दस खेलाडीमा सीमित चेल्सी भने फुलहमको हातबाट २–१ ले पराजित रह्यो । यस्तै बर्नमाउथले टोटनहमलाई ३–२, ब्रेन्टफोर्डले सन्डरल्यान्डलाई ३–० र न्युकासल युनाइटेडले लिड्स युनाइटेडलाई ४–३ ले हराए । एभरटन र उल्भ्सले १–१ को बराबरी खेले ।

कान्तिपुर संवाददाता

Link copied successfully