अहिले हङकङलाई कर्मभूमि बनाइरहेका गुरुङले गत वर्ष नवौं डान प्राप्त गरेका थिए ।
पोखरा — नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को ‘स्पेसल अवार्ड’ बुधबार पोखराका तुलसीकुमार गुरुङलाई प्रदान गरिएको छ । अहिले हङकङलाई कर्मभूमि बनाइरहेका गुरुङले गत वर्ष नवौं डान प्राप्त गरेका थिए ।
सन् २००२ मा उनले हङकङ नेपाली तेक्वान्दो संघ स्थापना गरेका थिए । त्यसयता उनी तीन दशक नेपाली खेलकुदको विकासमा जोडिरहेका छन् । सन् २०१३ मा उनी हङकङको राष्ट्रिय टिमका प्रशिक्षक पनि भएका थिए ।
पछिल्लो समय उनले पोखरामा फिट नेपाल स्पोर्टस् कम्पलेक्स पनि स्थापना गरेका थिए । त्यहाँ विभिन्न खेलकुदका युवा खेलाडीलाई प्रशिक्षण दिने काम गरिरहेको छ ।
अवार्ड पाएपछि उनले भने, ‘यो अवार्ड पाएर म निकै खुसी छु र यस उपलब्धिमा मलाई जहिले पनि गर्व रहनेछ ।’
