पूजा बनिन् युवा वर्ष खेलाडी

क्रिकेटकी पूजा महतो बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१ मा युवा वर्ष खेलाडी घोषित भएकी हुन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Pooja becomes Young Player of the Year

पोखरा — क्रिकेटकी पूजा महतो बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१ मा युवा वर्ष खेलाडी घोषित भएकी छन् । उनी नेपाली यू १९ टिमलाई इतिहासमै पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टिमकी कप्तान थिइन् ।

उनले त्यस छनोट खेलमा सर्वाधिक २ सय ७२ रन बनाएकी थिइन् भने १० विकेट पनि हात पारेकी थिइन् । कुवेतविरुद्ध उनले नटआउट रहेर १ सय ३० रन बनाएकी थिइन् । उनले एसीसी महिला यू १९ एसियाकप छनोटमा पाकिस्तानलाई पराजित गर्दा पनि उत्कृष्ट कप्तानी गरेकी थिइन् ।

Pooja becomes Young Player of the Year

अवार्ड थाप्दै पूजाले भनिन्, ‘यो अवार्ड मुमा बुबालाई समर्पित गर्न चाहन्छु ।’ यस विधामा मनोनयमा पर्ने अन्य खेलमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङ रहेका थिए ।

कान्तिपुर

Link copied successfully