उत्कृष्ट प्रशिक्षकको अवार्ड नेगीलाई

नेगीको प्रशिक्षमा भरतसिंह महताले पेरिस २०२४ पारा ओलम्पिक गेम्समा सहभागिता जनाएका थिए ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Negi wins best coach award

पोखरा — पारा तेक्वान्दोका कविराज नेगी लामा बुधबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनको नेतृत्वमा पलेशा गोवर्धनले पेरिस ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

यस्तै नेगीको प्रशिक्षमा भरतसिंह महताले पेरिस २०२४ पारा ओलम्पिक गेम्समा सहभागिता जनाएका थिए । त्यस विधामा दीपक महर्जन, कराँतेका कुशल श्रेष्ठ, खो खोका लक्ष्मीनारायाण श्रेष्ठ र क्रिकेटका महेश रिजाल रहेका थिए ।

अवार्ड पाएपछि नेगीले भने, ‘म भोलिन्टियर प्रशिक्षक मात्र हुँ, तर पनि मैले यो अवार्ड जितें, त्यसैले धेरै खुसी छु । यसले मलाई अबको दिनमा अझ मिहिनेत गर्न प्रेरित गर्नेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully