फरेस्टको राहतपूर्ण जित

लन्डन स्टेडियममा भएको खेलको ८९ औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले पेनाल्टीबाट निर्णायक गोल गरे ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Forest's relief win

काठमाडौँ — नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्याममाथि २–१ को राहतपूर्ण जित निकालेको छ ।

लन्डन स्टेडियममा भएको खेलको ८९ औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले पेनाल्टीबाट निर्णायक गोल गरे ।

आफ्ना पछिल्ला पाँच खेलमा फरेस्टको यो पहिलो जित हो । अर्कोतर्फ वेस्ट ह्याम भने आफ्ना पछिल्ला दस खेलमा जितहीन रहेको छ र उसमाथि रेलिगेसन दबाब बढ्दैछ ।

फरेस्ट २१ अंकमा १७ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट सात अंकको दूरी हो । खराव लयमा रहेको वेस्ट ह्याम भने १४ अंकमा १८ औं स्थानमा रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully