उनी लगातार दुई वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी पनि हुन् ।
पोखरा — करातेकी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।
उनी गत वर्ष पनि यो विधाकी विजेता रहेकी थिइन् । यसैक्रममा उनी लगातार दुई वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी पनि हुन् ।
एरिकाले भुटानमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण, अस्ट्रेलियन ओपन २०२४ मा स्वर्ण, चीनमा भएको सिनियर कराते च्याम्पियनसिपमा रजत, सिंगापुरमा भएको एयिया प्यासिफिक कराते च्याम्पिनयसिपमा स्वर्ण तथा दुबईमा भएका विश्व वान लिगमा रजत पदक जितेकी थिइन् ।
त्यस विधामा मनोनयनमा परेका अन्य खेलमा करातेकी एलिसा मगर, खो खोकी मानमती धामी, फुटबलकी रेखा पौडेल र भलिबलकी सलिना श्रेष्ठ रहेका थिए ।
