दीपेन्द्र उत्कृष्ट पुरुष खेलाडी

नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको सफलतामा दीपेन्द्रसिंह ऐरीको ठूलो योगदान रहेको छ ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Dipendra best male player

पोखरा — क्रिकेटका दीपेन्द्रसिंह ऐरीले बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ मा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको सफलतामा उनको ठूलो योगदान रहेको छ ।

उनले एसीसी प्रिमियर लिगकप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गरेका थिए । उनले वर्ष २०८१ मा ३ सय ७० रन बनाउनुका साथै २० विकेट लिएका थिए । उनले अमेरिकमा भएको विश्वकपमा छ विकेट लिएका थिए ।

यस्तै, उनी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो वर्षका उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । त्यस विधामा मनोनयनमा पर्ने खेलाडीमा उसुका विजय सिंजाली, खो खोका जनक चन्द, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र क्रिकेटका कुशल भुर्तेल रहेका थिए ।

कान्तिपुर

Link copied successfully