गौतम एजुकेसनको ब्रान्ड एम्बेसडरमा शेर

लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि जिताउन शेर मल्लले प्रमुख भूमिका खेलेका थिए । उनी एनपीएलको पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन् ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Sher is the brand ambassador of Gautam Education

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध भएका छन् ।

‍आइतबार क्रिकेटर मल्ल र गौतम एजुकेसन एन्ड सर्भिसेसबीच औपचारिक सम्झौता भएको हो ।

दुवै पक्षले सम्झौताको आर्थिक पक्षबारे खुलाएका छैनन् । लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जिताउन उनले प्रमुख भूमिका खेलेका थिए । उनी एनपीएलको पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन् । गौतम एजुकेसनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको मल्लले बताए ।

गौतम एजुकेसन कम्पनीका सीईओ इन्द्रजित गौतमले शेरसँग खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । ‘नेपालका विभिन्न जिल्लामा रहेका विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि प्रायोजन गर्ने योजना बनाएका छौं,’ गौतमले भने । 

कान्तिपुर

Link copied successfully