रियलको जितमा गार्सियाको ह्याट्रिक

यो जितपछि रियल शीर्षमा रहेको बार्सिलोनासँगको दूरी चार अंकमा कायम राख्न सफल रह्यो ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Garcia's hat-trick in Real's win

काठमाडौँ — गोन्जालो गार्सियाको ह्याट्रिकको मदतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रियल बेटिसलाई सजिलै ५–१ ले हराएको छ ।

यो जितपछि रियल शीर्षमा रहेको बार्सिलोनासँगको दूरी चार अंकमा कायम राख्न सफल रह्यो ।

रियलको १९ खेलबाट ४५ अंक भएको छ । बार्सिलोना ४९ अंकमा शीर्षमा छ । भिल्लारियल ३८ अंकमा तेस्रोमा छ । एटलेटिको म्याड्रिड ३८ अंकमा तेस्रो स्थानमा रह्यो ।

आइतबारको अर्को खेलमा एटलेटिकोले रियल सोसिडाडसँग १–१ को बराबरी खेलेको थियो । यस्तै अन्य खेलमा जिरोनाले रियल मार्लोकालाई २–१ र लेभान्टेले सेभियालाई ३–० ले हरायो ।

डेपोर्टिभो एलाभेस र रियल ओडिएडोले भने १–१ को बराबरी खेले ।

कान्तिपुर संवाददाता

Link copied successfully