सिटी र चेल्सीबीच बराबरी

आर्सनल ४८ अंकमा शीर्षमा छ । एस्टन भिल्ला ४२ अंकमै तेस्रो स्थानमा छ । लिभरपुल भने ३४ अंकमा चौथो तथा चेल्सी ३१ अंकमा पाँचौं स्थानमा रह्यो ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

City and Chelsea draw

काठमाडौँ — इन्जो फर्नान्डेजले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ ।

इतिहाडमा भएको खेलमा टिजानी रेजिन्डर्सको गोलले सिटीले पहिलो हाफमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । यो नतिजापछि सिटी ४२ अंकमा दोस्रो स्थानमा उक्लेको छ ।

आर्सनल ४८ अंकमा शीर्षमा छ । एस्टन भिल्ला ४२ अंकमै तेस्रो स्थानमा छ । लिभरपुल भने ३४ अंकमा चौथो तथा चेल्सी ३१ अंकमा पाँचौं स्थानमा रह्यो ।

आइतबारको अर्को खेलमा लिभरपुलले फुलहमसँग २–२ को बराबरी खेलेको थियो । यस्तै टोटनहम र सन्डरल्यान्डले पनि १–१ को बराबरी नै खेले । न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० र ब्रेन्टफोर्डले एभरटनलाई ४–२ ले हरायो ।

कान्तिपुर

Link copied successfully