यो जितपछि बार्सिलोनाको ४९ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड ४२ अंकमा दोस्रो स्थानमा छ ।
काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगाको शीर्षमा आफ्नो स्थान अझ मजबुत बनाएको छ र यसका लागि शनिबार भएको खेलमा इस्पनयोललाई सजिलै २–० ले पराजित गरेको छ ।
त्यसमा दुवै गोलको अन्तिम चार मिनेटमा सम्भव भएको थियो । डानी ओल्मोले ८६ औं मिनेटमा गोलको खाता खोलेपछि रोबर्ट लेवनडोस्कीले ९० औं मिनेटमा दोस्रो गोल थपे ।
यो जितपछि बार्सिलोनाको ४९ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड ४२ अंकमा दोस्रो स्थानमा छ । भिल्लारियल ३८ अंकमा तेस्रो स्थानमा छ ।
शनिबार अन्य खेलमा भिल्लारियलले एल्चेलाई ३–१ र सेल्टा भिगोले भ्यालेन्सियालाई ४–१ ले हरायो । ओससुना र एथलेटिको बिलबाओले भने १–१ को बराबरी खेले ।
