आर्सनलको अग्रता छ अंकमा

आर्सनलको अब २० खेलबाट ४८ अंक भएको छ । एस्टन भिल्ला ४२ अंकमा दोस्रो स्थानमा छ ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Arsenal lead by six points

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार शीर्ष स्थानमा आफ्नो अग्रतालाई छ अंक बनाएको छ । यसका लागि उसले बर्नमाउथको चुनौती ३–२ ले समाप्त पारेको छ ।

यस जितका नायक डेक्लेन राइस रहे र उनले दुई गोल गरे । आर्सनलको अब २० खेलबाट ४८ अंक भएको छ । एस्टन भिल्ला ४२ अंकमा दोस्रो स्थानमा छ ।

शनिबारका अन्य खेलमा ब्राइटनले बर्नलीलाई २–० र उल्भ्सले वेस्ट ह्यामलाई ३–० ले हरायो । अंक तालिकाको पुछारमा रहेको उल्भ्सको यो सिजन लिगमा यो पहिलो जित हो ।

यो जितले उल्भ्सको छ अंक भएको छ र लिग तालिकाको पुछारमा छ । वेस्ट ह्याम पनि १४ अंकमा रेलिगेसन क्षेत्रमै रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully