नेपाललाई ४ स्वर्ण

गेरोगी, पुम्से र स्पिड किकमा नेपाली खेलाडीले पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

4 gold medals for Nepal

काठमाडौँ — नेपाली खेलाडीले चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् ।

गेरोगी, पुम्से र स्पिड किकमा नेपाली खेलाडीले पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । 

जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गीता विष्टले स्वर्ण जिते । आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रञ्जिता भुसालले रजत हात पारे ।

एभिनजंग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एञ्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य प्राप्त गरे ।

प्रतियोगितामा लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सरोज तामाङ र विकेश विडारीको टोलीले प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully