यो नतिजाले उपाधि होडमा रहेका इन्टर मिलान र नेपोलीमाथि पनि दबाब सिर्जना गरेको छ ।
काठमाडौँ — राफेल लिओले गरेको निर्णायक गोलको मद्दतले एसी मिलानले शुक्रबार राति इटालीको सिरी एमा कागलिरीमाथि साँघुरो १–० को जित निकालेको छ ।
यस जितपछि मिलान फेरि अंक तालिकाको शीर्षमा उक्लेको छ । यो नतिजाले उपाधि होडमा रहेका इन्टर मिलान र नेपोलीमाथि पनि दबाब सिर्जना गरेको छ । मिलानको १७ खेलबाट ३८ अंक भएको छ र उसलाई शीर्षमा २अंकको अग्रता प्राप्त भएको छ ।
उसको पछाडि इन्टरको ३६ र नेपोलीको ३४ अंक छ । अब आइतबारको खेलमा नेपोलीले लाजियो र इन्टरले बोलोग्नाको सामना गर्नेछ ।
