एक्स्ट्रिम इनर्जीको विश्वकप हेर्ने योजना सार्वजनिक

विश्वकप एक्स्ट्रिम ड्रिंक फ्यान र म्याक्स टाइगर ड्रिंक फ्यान योजनामा सहभागी भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित विश्वकप क्रिकेटमा नेपालको एउटा खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Extreme Energy's World Cup viewing plan revealed

काठमाडौँ — एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले ट्वान्टी–२० विश्वकप क्रिकेट योजना सार्वजनिक गरेको छ ।

विश्वकप एक्स्ट्रिम ड्रिंक फ्यान र म्याक्स टाइगर ड्रिंक फ्यान योजनामा सहभागी भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित विश्वकप क्रिकेटमा नेपालको एउटा खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् ।

एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकले नेपालका १५ प्रमुख सहरमा आयोजना गर्ने ब्रान्ड प्रबर्द्धनको कार्यक्रममार्फत १५ र सामाजिक सञ्जालमार्फत २५ गरी कुल ४० विजेता छनोट गर्ने जनाएको छ । 

योजनामा सहभागी हुन एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको खरिद गरी फोटो वा भिडियो बनाएर फेसवुक वा इन्स्टाग्राममा ह्यासट्याग #T20XtremeEnergydrink, #T20maxtigerEnergydrink राखेर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ ।

सहभागीमध्ये २५ विजेताको घोषणा एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणमा गरिनेछ भने बााकी १५ विजेताको छनोट ब्रान्ड प्रवर्द्धनको कार्यक्रममै उपभोक्ताबाट गोलाप्रथामार्फत गरिनेछ ।

यो योजना पुस १७ देखि माघ १६ सम्म लागू हुने जनाइएको छ । यस योजनामार्फत एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको उत्पादक एग्रो थाई फुड्स प्रालिले उपभोक्तालाई अविस्मरणीय क्रिकेट अनुभवसँग जोड्ने लक्ष्य राखेको छ ।

कान्तिपुर

Link copied successfully