चौथो स्थानमा रहेको लिभरपुलले लिड्स युनाइटेडसँग विना गोलको बराबरी नतिजा मात्र निकाल्न सक्यो । यस्तै ब्रेन्टफोर्ड र टोटनहमले पनि गोलरहित बराबरीमै चित्त बुझाए ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा बिहीबार भएका चारै खेल बराबरीमा टुंगेका छन् । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले सन्डरल्यान्डसँग गोलरहित बराबरी खेल्यो ।
चौथो स्थानमा रहेको लिभरपुलले लिड्स युनाइटेडसँग विना गोलको बराबरी नतिजा मात्र निकाल्न सक्यो । यस्तै ब्रेन्टफोर्ड र टोटनहमले पनि गोलरहित बराबरीमै चित्त बुझाए ।
क्रिस्टल प्यालेस र फुलहमले भने १–१ को बराबरी खेले । त्यसमा प्यालेसले जिन फिलिपे माटेटाको गोलले अग्रता लिएपछि फुलहमका लागि टम केनरीले बराबरी गोल फर्काए ।
लिग तालिकामा सिटी ४१ अंकमा दोस्रो र लिभरपुल ३३ अंकमा चौथोमा स्थानमा छ । यो बराबरीको नतिजाले दुवै टिमलाई फाइदा भने गर्ने छैन् ।