हाल उक्त डेमोस्ट्रेसन टिम फाइनल प्रतिस्पर्धाका लागि भारतमै रहेर अभ्यास गरिरहेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाए । फाइनल जनवरी २ मा हुनेछ ।
काठमाडौँ — नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोस्ट्रेसन टोली भारतको सोनी टिभीबाट प्रसारण भइरहेको रियालिटी सो ‘इन्डियास गोट ट्यालेन्ट, सिजन ११ ’ मा उत्कृष्ट प्रदर्शन गरी फाइनलमा पुगेको छ ।
हाल उक्त डेमोस्ट्रेसन टिम फाइनल प्रतिस्पर्धाका लागि भारतमै रहेर अभ्यास गरिरहेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाए । फाइनल जनवरी २ मा हुनेछ ।
नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालगायत महोत्सवमा उत्कृष्ट प्रस्तुति दिँदै आएको डेमोस्ट्रेसन टिमले दक्षिण कोरियामा समेत आफ्नो प्रस्तुति दिएको थियो ।
खेलाडीमा मन्दीपप राई, मनोज सुवेदी, सुजल गुरुङ, सुकमाया गुरुङ, कपिल गुरुङ, सुनिल तामाङ, सामना पुरी, मनीषा पराजुली, अस्मिता तामाङ, शीतल मगर, दावा साङ्बु भोटे, सागर तामाङ, सुरज खड्का, आदर्श मगर, ओमन घले, गरिमा कोइराला, समीर खत्री, अन्जिला मगर, सीमा मगर, शिवम बिक, राधा बिक, याङ्जी शेर्पा र रुपा मगरका रहेका छन् । हेड अफ टिम श्याम थापामगर, प्रशिक्षक ओसन श्रेष्ठ र टिम कप्तान सावन थापा मगर छन् ।
