प्रिमियर लिगको मंगलबारको खेलमा चेल्सीले बर्नमाउथसँग २–२ को बराबरी खेलेको थियो र त्यसपछि ४५ वर्षीय प्रशिक्षका मिडियासामु प्रस्तुत पनि भएनन् ।
काठमाडौँ — इन्जो मारेस्काले चेल्सीको मुख्य प्रशिक्षक पद बिहीबार छाडेका छन् । क्लब सम्हालेको १८ महिनापछि उनले बिदा लिएको चेल्सीले पुष्टि गरेको छ ।
क्लबले भनेको छ, ‘चेल्सी र प्रमुख प्रशिक्षक मारेस्काले अलग हुने निर्णय गरेको छ ।’ चेल्सी अहिले इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा रहेको छ ।
यो शीर्षमा रहेको लन्डन प्रतिद्वन्द्वी आर्सनलसँग १५ अंकको दूरी हो । चेल्सी लिगका आफ्ना अन्तिम सात खेलमध्ये एकमा मात्र विजयी रहेको छ । टिमको खराब प्रदर्शनपछि मारेस्का दबाबमा परेका थिए । यसबीच उनको क्लबको उच्च व्यवस्थापनसँग पनि सम्बन्ध बिग्रेको थियो ।
प्रिमियर लिगको मंगलबारको खेलमा चेल्सीले बर्नमाउथसँग २–२ को बराबरी खेलेको थियो र त्यसपछि ४५ वर्षीय प्रशिक्षका मिडियासामु प्रस्तुत पनि भएनन् । त्यति बेला उनलाई सन्चो नभएको बताइएको थियो । उनकै नेतृत्वमा चेल्सीले सिजनको सुरुमा क्लब वर्ल्डकप जितेको थियो ।
