नगर प्रमुख स्तरीय निर्णयअनुसार बैतडीको पाटन नगरपालिकाभित्रका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिइएको हो ।
बैतडी — पाटन नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।
बैतडीको पाटन नगरपालिकाले एक सूचना जारी गर्दै पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बिहीबार र शुक्रबार नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
सूचनामा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेको र सो प्रतियोगितामा नगरपालिकाभित्रका १६ माध्यमिक विद्यालयको सहभागिता रहेकाले हिउँदे बिदाबाट कट्टी हुने गरेर दुई दिन बिदा दिइएको उल्लेख छ ।
नगर प्रमुख स्तरीय निर्णयअनुसार विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिइएको हो । पाटन नगरपालिकाभित्र ६३ वटा सामुदायिक विद्यालय रहेका छन् ।
