क्वानमुकान करातेमा नयाँ कार्यसमिति चयन

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र पण्डित, उपाध्यक्षमा रुपेन्द्र थापा, हिक्मत थपलिया र सतिश तण्डुकार, महासचिवमा नरदेव राई, सचिवमा मञ्जु कोइराला र कोषाध्यक्षमा विक्रम श्रेष्ठ छन् ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

New executive committee elected at Kwanmukan Karate

काठमाडौँ — नेपाल क्वानमुकान कराते डो संघको चुनावी साधारणसभाले जनक सुवेदीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र पण्डित, उपाध्यक्षमा रुपेन्द्र थापा, हिक्मत थपलिया र सतिश तण्डुकार, महासचिवमा नरदेव राई, सचिवमा मञ्जु कोइराला र कोषाध्यक्षमा विक्रम श्रेष्ठ छन् ।

राम बलामी, अन्जु श्रेष्ठ, प्रभा भट्टराई, सीता मास्के, रघुनाथ पौडेल, विनोद लिम्बू, मकरबहादुर श्रेष्ठ, तेजविक्रम बस्नेत र पुरुषोत्तम राजभण्डारी सदस्यमा चयन भएको निर्वाचन अधिकृत राखेप कानुन शाखाका प्रमुख नारायणराज अर्यालले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully