उत्तरी लन्डन क्लबले भने लिग तालिकामा ठोस पाँच अंकको अग्रता लिएको छ । आर्सनलको १९ खेलबाट ४५ अंक भएको छ । म्यानचेस्टर सिटी एक खेल कम खेलेर ४० अंकमा दोस्रोमा छ ।
काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार एस्टन भिल्लालाई ४–१ ले पराजित गर्दै उपाधिमाथि बलियो दावेदारी पेस गरेको छ । यो हार एस्टन भिल्लाका लागि धक्का रहेको छ र यससँगै लगातार ११ खेलको जित क्रममा पूर्ण विराम लागेको छ ।
उत्तरी लन्डन क्लबले भने लिग तालिकामा ठोस पाँच अंकको अग्रता लिएको छ । आर्सनलको १९ खेलबाट ४५ अंक भएको छ । म्यानचेस्टर सिटी एक खेल कम खेलेर ४० अंकमा दोस्रोमा छ । एस्टन भिल्ला भने ३९ अंकमा तेस्रो स्थानमा रह्यो ।
इमिरेट्समा भएको खेलका सबै गोल दोस्रो हाफमा भएका थिए । त्यसमध्ये ग्याब्रिएलले ४८ औं मिनेटमा पहिलो गोल गरेपछि मार्टिन जुबिमेन्डीले ५२, लियान्ड्रो ट्रोसार्डले ६९ र ग्याब्रिएल जेससले एक एक गोल थपे ।
इन्ज्युरी समयमा ओली वाट्किन्सनले एस्टन भिल्लाका लागि एक गोल फर्काए । अन्य प्रमुख खेलमा चेल्सीले ब्राइटनसँग २–२ र म्यानचेस्टर युनाइटेडले उल्भ्ससँग १–१ को बराबरी खेले । यस्तै वेस्ट ह्याम र ब्राइटनबीचको खेल पनि २–२ को बराबरीमा टुंगियो।
न्युकासल युनाइटेडले बर्नलीलाई ३–१ र एभरटनले नटिंघम फरेस्टलाई २–० ले पराजित गरे । चेल्सी ३० अंकमा पाँचौंमा रह्यो भने युनाइटेडको पनि ३० अंक छ र छैटौंमा छ ।
