रोमाले घटायो शीर्षसँगको दुरी

स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाले तीनै गोल पहिलो हाफमा गरेको थियो ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — एएस रोमाले इटालीको सिरी ए मा सोमबार जोनोआमाथि ३–१ को जित दर्ता गरेको छ । यससँगै रोमाले शीर्षमा रहेको इन्टर मिलानसँगको दुरी ३ अंकमा छोट्याएको छ ।

स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाले तीनै गोल पहिलो हाफमा गरेको थियो । ती गोल म्याथिस सोउल, मोउन्डिओ कोने र इभान फर्गुसनको नाममा रह्यो । 

खेल सकिन ३ मिनेट अगाडि जेनोआका लागि जेफ इख्टरले एक गोल फर्काए, तर त्यसले खेलको नजिता प्रभावित पार्न सकेन् । रोमाको १७ खेलबाट ३३ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ ।

जेनोओ भने १४ अंकमा १७ औं स्थानमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ । यो अन्तिम ३ स्थानबाट २ अंकको दुरी मात्र हो । 

कान्तिपुर संवाददाता

Link copied successfully