रेडबुलको ‘यात्रा वर्ल्डकपको’ क्याम्पेन सार्वजनिक

क्रिकेट समर्थकलाई लक्षित गरी सञ्चालित ‘हरेक फेस्टिवलको इनर्जी’ क्याम्पेनका भाग्यशाली विजेता पनि छनोट गरिएको छ ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Red Bull's 'Travel World Cup' campaign unveiled

काठमाडौँ — रेडबुल नेपालले फ्यानको क्यानमार्फत नयाँ क्याम्पेन ‘यात्रा वर्ल्डकपको’ सार्वजनिक गरेको छ । म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले क्याम्पेनको उद्देश्य, अवधारणा र सहभागिता प्रक्रियाबारे जानकारी गराए ।

क्रिकेट समर्थकलाई लक्षित गरी सञ्चालित ‘हरेक फेस्टिवलको इनर्जी’ क्याम्पेनका भाग्यशाली विजेता पनि छनोट गरिएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा रेडबुलका ब्रान्ड एम्बासडर कुशल भुर्तेले लक्की ‘ड्र’ मार्फत दुई भाग्यशाली विजेता छनोट छानेका थिए । भाग्यशाली विजेता विनोद न्यौपाने र आर्यन सापकोटाले थाइल्यान्ड यात्रा गर्ने अवसर पाउने भएका छन् ।

क्रिकेटर कुशल भुर्तेल र एमडी सुरेन्द्र सिलवालले यात्रा वर्ल्डकपको क्याम्पेनको आधिकारिक लोग सार्वजनिक गरेका थिए । यस क्याम्पेनमा सहभागी हुनेले रेडबुल क्यान खरिद गरी त्यसमा रहेको क्युआर कोड स्क्यान गरेपछि वेबसाइटमा जोडिनेछन् । त्यसमा उनीहरूले ट्रिभिया प्रश्नहरूको उत्तर दिएर आफ्नो नाम दर्ता गर्न पाउनेछन् । सहभागीबाट लक्की ‘ड्र’ मार्फत विजेता छनोट गरिने रेडबुलले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully