पुलिस भलिबल टिमलाई रुप्से स्पोर्ट्सको साथ 

दुवै टिमहरूको व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले दुई पक्षबीच प्रायोजन सम्झौता भएको जनाइएको छ ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Police Volleyball Team with Rupsey Sports

काठमाडौँ — नेपाल पुलिस क्लबको महिला तथा पुरुष भलिबल टिमलाई रुप्से स्पोटर््स म्यानेजमेन्ट प्रालिले प्रायोजन गरेको छ ।

दुवै टिमहरूको व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले दुई पक्षबीच प्रायोजन सम्झौता भएको जनाइएको छ ।

नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोटर््स म्यानेजमेन्टबीच भएको सम्झौतअनुसार रुप्सेले पुलिस भलिबल टोलीलाई ५ वर्षका लागि प्रायोजन गर्ने छ । यस प्रायोजनले नेपाल पुलिस क्लबका महिला तथा पुरुष भलिबल टिमको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा पुलिस टिमको छ ।

नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह र रुप्से स्पोर्ट्स म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नवौं एनभीए भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको महिला र पुरुषको मुख्य प्रायोजकको रूपमा रुप्से होलिडेज रहेको छ ।

कान्तिपुर

Link copied successfully