दशरथ रंगशालामा मंगलबार दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय विद्यार्थी सहभागी भएका थिए । पहिलो चरणमा उपत्यकाका ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थी थिए ।
काठमाडौँ — नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा एनएसएसएफ १३ औं किन्डर ओलम्पिक मंगलबार सकिएको छ ।
दशरथ रंगशालामा मंगलबार दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय विद्यार्थी सहभागी भएका थिए । पहिलो चरणमा उपत्यकाका ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थी थिए ।
सहभागीको मार्चपास्टपछि पूर्व सांसद् माधव सापकोटाले ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरेका थिए । कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्र्याकमा परिक्रमा गराए ।
विभिन्न १२ खेलको प्रतिस्पर्धा भएको थियो । बालबालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि राखिएको थियो । एनएसएसएफका महासचिव राजकुमार कार्कीले कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताए । सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ मा ईसीईटीएले किन्डर ओलम्पिक सुरुआत गरेको थियो ।