डाफोडिलका तेक्वान्दो टिम चीनतर्फ

खेलाडीमा एन्जल राई, जोसेफ गुरुङ, जिग्मे तेन्जिङ शेर्पा, मेघिना घतानी, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, कयरभप्रसाद लोहनी, जाम्याङ तेन्जिङ शेर्पा र रियान्स बस्नेत छन् ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Daffodil's Taekwondo team heads to China

काठमाडौँ — दसौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार चीनको नान्जिङ गएको छ । प्रतियोगिता डिसेम्बर ३१ देखि ३ तारिखसम्म हुनेछ ।

खेलाडीमा एन्जल राई, जोसेफ गुरुङ, जिग्मे तेन्जिङ शेर्पा, मेघिना घतानी, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, कयरभप्रसाद लोहनी, जाम्याङ तेन्जिङ शेर्पा र रियान्स बस्नेत छन् । सबै खेलाडी डाफोडिल पब्लिक स्कुलमा अध्ययनरत छन् ।

प्रशिक्षकमा विकेश बिडारी र व्यवस्थापकमा अन्तमणि तामाङ र मनीषा मुखिया छन् । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।

कान्तिपुर

Link copied successfully