खेलको एक मात्र गोल किशोर खेलाडी आर्ची ग्यारीले ४२ औं मिनेटमा गरे । सिनियर टिमबाट उनको यो नै पहिलो गोल हो । यो जितले टोटनहमको १८ खेलबाट २५ अंक भएको छ ।
काठमाडौँ — खराबलयबाट गुज्रिरहेको टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ र यो उत्तर लन्डन क्लबका लागि राहतपूर्ण जित रहनेछ ।
खेलको एक मात्र गोल किशोर खेलाडी आर्ची ग्यारीले ४२ औं मिनेटमा गरे । सिनियर टिमबाट उनको यो नै पहिलो गोल हो । यो जितले टोटनहमको १८ खेलबाट २५ अंक भएको छ ।
प्यालेस २६ अंकमा नवौं स्थानमा छ । आइतबारकै अर्को खेलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडले १–१ को बराबरी खेले । सन्डरल्यान्ड २८ अंकमा सातौं तथा लिड्स २० अंकमा १६ औं स्थानमा छ ।