रेडियन्ट रिडर्समा स्पोर्ट्स मिट

विद्यार्थी मार्चपास्टसहित विभिन्न मनोरञ्जनात्मक प्रतिस्पर्धामा सहभागी भए ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Sports Meet at Radiant Readers

काठमाडौँ — रेडियन्ट रिडर्स एकेडेमीको वार्षिक स्पोर्ट्स मिट सोमबार लगनस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजना गरिएको छ ।

स्पोर्ट्स मिटको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरे । कलाकार श्रेष्ठले स्कुल हेडगर्ल साइसा लामिछानेलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका थिए । उक्त टर्च साइसासहित विभिन्न हाउसका कप्तानले ट्र्याकमा परिक्रमा गराएका थिए ।

विद्यार्थी मार्चपास्टसहित विभिन्न मनोरञ्जनात्मक प्रतिस्पर्धामा सहभागी भए । जिम्न्यास्टिक र करातेको प्रदर्शनी खेल प्रस्तुत गरिएको थियो भने शिक्षक र अभिभावकबीच ‘टग अफ वार’ मैत्रीपूर्ण प्रतिस्पर्धा पनि भएको थियो । स्पोर्ट्स मिटमा क्रिकेट, बास्केटबल, फुटबल, खोखोलगायतका खेलको पनि प्रतिस्पर्धा भएको थियो ।

रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले शिक्षासँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा विद्यालयले विशेष जोडी दिइरहेको बताए ।

भाइस प्रिन्सिपल देवराज गेलालले स्वागत मन्तव्य र स्कुल कोओर्डिनेटर प्रतीक्षा दाहालले धन्यवाद व्यक्त गरिन् ।

कान्तिपुर

Link copied successfully