अन्तरकलेज क्रिकेट उपाधि आयोजक नेशनल इन्फोटेकलाई

सोमबार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा ज्ञानदा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै आयोजक नेशनल इन्फोटेकले उपाधि उचालेको हो ।

पुस १४, २०८२

शंकर आचार्य

National Infotech to host intercollegiate cricket title

पर्सा — पाँचौ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट कपको उपाधि आयोजक नेशनल इन्फोटेकले नै उचालेको छ ।

सोमबार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा ज्ञानदा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै आयोजक नेशनल इन्फोटेकले उपाधि उचालेको हो ।

पहिले व्याटिङ गरेको ज्ञानदा एकेडेमीले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ३७ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

ज्ञानदाका विवेक प्रजापतिले ३६ र अंकीत कुर्मीले ३५ रनको बिशेष योगदान गरे । नेशनल इन्फोटेकका निरज पटेलले सर्वाधिक चार र अभय यादवले एक विकेट लिएका थिए ।

ज्ञानदाले दिएको १ सय ३८ रनको लक्ष्य नेशनल इन्फोटेकले १९ ओवर .१ बलमा पाँच विकेटको क्षतिमा भेट्टायो । नेशनल इन्फोटेकका परिमार्जन यादवले सर्वाधिक ४९ रनको योगदान गरे । मोहताब आलमले ४८ रन बनाए ।

ज्ञानदाका रोबिन कुमारले ३ र अंकुश गुप्ताले १ विकेट सलए । प्रतियोगितामा पर्सा, बारा र मकवानपुरका १० कलेजले प्रतिस्पर्धा गरेका थिए । 

शंकर

Link copied successfully