बानेश्वर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय पदक विजेता धाविका राजपुरा पछाईसहित निशान तामाङ, शाही नेपाली, सनिल तामाङ, प्रकृति पाली, करिश्मा खनाल, लक्षमीकुमारी साहलगायतलाई सम्मान गरेको हो ।
काठमाडौँ — बानेश्वर बहुमुखी क्याम्पसले सोमबार विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।
आफ्नो क्याम्पसमा अध्ययनरत अन्तर्राष्ट्रिय पदक विजेता धाविका राजपुरा पछाईसहित निशान तामाङ, शाही नेपाली, सनिल तामाङ, प्रकृति पाली, करिश्मा खनाल, लक्षमीकुमारी साहलगायतलाई सम्मान गरेको हो ।
क्याम्पसको स्ववियूले नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा खेलाडीसहित पूर्व स्ववियू सभापति तथा विभिन्न संघसंगठनका अध्यक्षहरूलाई पनि सम्मान गरेको थियो । कार्यक्रम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका आतिथ्यतामा भएको थियो ।
