हार्न बिर्सेको एस्टन भिल्ला

एस्टन भिल्ला यो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधिका लागि बलियो दावेदार बनेको छ । 

पुस १४, २०८२

एपी

Aston Villa, who forgot to lose

What you should know

लन्डन — एस्टन भिल्लाका समर्थकलाई विश्वास लाग्न थालिसकेको छ । खेलाडीले पनि विश्वास लागेको देखाइरहेका छन् । तर प्रशिक्षक उनई एमरीले कहिल्यै भनेका छैनन्, उनलाई यसमा विश्वास छ भनेर । तर एउटा तथ्य भने निश्चित छ, एस्टन भिल्ला यो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधिका लागि बलियो दावेदार बनेको छ । 

एमरीलाई प्रश्न पनि गरिएको छ, के साँच्चै उनको क्लब लिग उपाधिको प्रत्याशी हो त ? उनी हाकाहाकी भन्छन्, ‘होइन । हो, हामीले राम्रो भने खेलिरहेका छौं । अहिले हामी तेस्रो स्थानमा छौं, आर्सनल र म्यानचेस्टर सिटीपछि । यो नै ठूलो हो ।’ 

हो पनि । रणनीति बुन्न उनी माहिर त छन् नै, त्योभन्दा ठूलो उनी टिम व्यवस्थानमा पनि अब्बल देखिएका छन् । यसको उदाहरण त चेल्सीविरुद्ध शनिबार राति प्राप्त २–१ को जित नै रह्यो । त्यसमा एस्टन भिल्लाले प्राप्त गरेको जित नाटकीय नै रह्यो ।

अनि यो एक गोलले पछाडि रहेको स्थितिबाट प्राप्त पुनरागमन जित पनि रह्यो । स्टामफोर्ड ब्रिजमा खेल सकिन ६ मिनेट अगाडि वली वाट्किन्सनले निर्णायक गोल गरे । यससँग क्लब समर्थकबीच अथाह खुसियाली छाएको थियो । यससँग केही तथ्यांक अगाडि आएका छन्, जसले भन्छ, यो टिम र व्यवस्थापक एमरीमा केहीचाहिँ पक्कै छ । जस्तो, यो क्लबको लगातार ११ औं जित हो ।

यससँगै एस्टन भिल्लाले सन् १८९७ र १९१४ मा प्राप्त जितको क्रमलाई बराबरी गरेको छ । लिगमा पनि लगातार आठौं जित निकालेको छ । सन् १९१० को अक्टोबर र नोभेम्बरमा यो टिम लिगका लगातार नौ खेलमा विजयी रहेको थियो । अब यसलाई बराबरी गर्ने र त्यसपछि उछिन्ने अवसर छ । यो सिजन लिगमा पाँचौं चरणको खेल सकिँदा यही टिम १८ औं स्थानमा थियो र त्यति बेलासम्म टिमको खातामा एकै जित थिएन ।

त्यसपछिको छैटौं चरणपछि यो टिमले जत्तिको न अरू कुनैले जित निकालेको छ, न अंक हात पारेको छ । प्रिमियर लिगमा १८ चरणका खेल सकिँदा भिल्लाले कहिले पनि ३९ अंक छुन सकेको छैन । भिल्ला अहिले शीर्ष स्थानको आर्सनलभन्दा ३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंकले मात्र पछाडि छ । यति हुँदाहुँदै पनि एमरीले आफ्नो क्लबलाई उपाधिको दावेदार मानेको छैन तर टिममा उपाधि जित्न सक्ने छाँट भने देखिएको छ । चेल्सीविरुद्ध दुवै गोल गर्ने वाट्किन्सन भन्छन्, एमरीलाई रणनीति बनाउन महारथ प्राप्त छ ।

एस्टन भिल्ला साँच्चै कस्तो टिम हो, त्यसको खास परीक्षण हुनेछ, मंगलबार । त्यस दिन उसले इमिरेट्समा आर्सनलको सामना गर्नेछ । तर एमरीको एउटा बानी नै छ भन्दा हुन्छ, आफ्नो प्रतिद्वन्द्वीलाई सक्दो अप्ठ्यारो स्थितिमा पार्ने । अझ त्यो पनि आफ्नो पूर्वक्लबविरुद्ध । अहिलेका लागि एस्टन भिल्ला र तीन अंक छ । अझ सिटीसँगको दूरी त खालि एकै अंक मात्र रहेको छ ।

यही प्रसंगमा एस्टन भिल्लालाई खुसी लाग्ने विषय के भन्दा अब पाँचौंमा रहेका चेल्सीसँगको दूरी बढेर १० अंक पुगिसकेको छ । यो यस्तो स्थिति हो, यदि सुरुआती पाँच चरणका खेलपछि एस्टन भिल्लाले यस्तो गर्नेछ भन्दा विश्वास नै गर्न सकिन्न थियो । खेल पण्डितको भूमिकामा रहेका इंग्ल्यान्डका पूर्वस्ट्राइकर एलान सिएरर के मान्छन् भने एस्टन भिल्लाले यसपल्ट लिग जित्न सक्ने एउटा प्रमुख कारण तिनै प्रशिक्षक एमरी हुन सक्छन् ।

सिएररले भनेका छन्, ‘अहिले हामी लिगको मध्य भागमा पुगेका छौं र एस्टन भिल्लालाई उपाधिको दावेदार नमानेर सुखै छैन । कसैले उसले लिग जित्नेछ कि भनेर सोध्ने गर्छ भने मेरो उत्तर हो, सक्दैन । मलाई के लाग्छ भने अहिलेको टिममा त्यो गहिराइ छैन, जुन उपाधि जित्नका लागि चाहिन्छ । तर जति बेलासम्म एमरी प्रशिक्षकका रूपमा रहनेछ, सबैखाले सम्भावना खुला रहनेछ ।’

‘एमरी जसरी टिमको व्यवस्थापन गर्छन्, त्यो उच्च प्रकारको हुने गर्छ । स्टायनफोर्ड ब्रिजमा उनले जसरी तीन सब्स्टिच्युट खेलाडी मैदानमा पठाए, त्यसैले नै खेल फेरिएको हो । वाट्किन्सन, जाडोन सान्चो र एमाडो ओनाना मैदानमा प्रवेश गरेपछि खेल नै फेरियो । अहिले एस्टन भिल्लालाई हार के हो, त्यो नै थाहा हुन छाडेको छ । कसैले कल्पना गर्न सक्छ, यदि सुरुआती पाँच खेलमा पनि एस्टन भिल्लाले राम्रो गरेको भए, टिम अहिले कहाँ हुन्थ्यो होला ?’

एपी

Link copied successfully