माछापुच्छ्रे कप टेनिस : प्रदीपको जित

आइतबार भएको मेन्स ओपनतर्फ उनले विवेक मगरलाई ६–१, ६–० ले पराजित गरे ।

पुस १३, २०८२

दीपक परियार

Machhapuchhre Cup Tennis: Pradeep wins

What you should know

पोखरा — पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालका शीर्ष वरीयताका खेलाडी प्रदीप खड्काले जितलाई निरन्तरता दिएका छन् । आइतबार भएको मेन्स ओपनतर्फ उनले विवेक मगरलाई ६–१, ६–० ले पराजित गरे ।

मेन्स ओपनतर्फ नेहालजंगबहादुर थापाले जेयुन किमलाई ६–०, ६–० ले, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमान हजुर घलेले सन्दिप विकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आरभसम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशान श्रेष्ठलाई ७–५, ६–१ ले पराजित गरे ।

३५ वर्ष माथिको मेन्स सिंगलमा विकास खड्काले सम्दुक लामालाई ६–४, ६–० ले, पेमा नोर्गुले सिमान्त गुरुङलाई ६–४, ६–१ ले, जीतेन्द्र परियारले मनोक के.श्रेष्ठलाई ६–१, ६–० ले, अनिल शाहीले सन्जय श्रेष्ठलाई ६–१, ६–२ ले, भिष्म गुरुङले दावा शेर्पालाई ६–४, ६–२ ले, सोम रानाले अनिल सेन्चुरीलाई ६–४, ६–२ ले पराजित गरेका छन् ।

४५ वर्ष माथिको एकलमा कमल भण्डारीले अमृत गुरुङलाई वाकओभरमा, देव क्षेत्रीले मानबहादुर कटुवाललाई ६–१, ६–३ ले, रोहित सुनुवारले निरज थापालाई ६–१, ६–१ ले पराजित गरे । ५५ वर्ष माथि चन्द्र शाहीले महेन्द्र थापालाई ६–२, ६–१ ले पराजित गरेका छन् । ६५ वर्ष माथिको एकलमा कमल थापाले बिदुर विष्टलाई ४–१, ४–१ को सेटमा तथा पदम गुरुङले ध्रुव गुरुङलाई ५–४, ४–१ ले पराजित गरेका छन् ।

३५ वर्ष माथिको मेन्स डबलतर्फ कुमार अधिकारी र जीतेन्द्र परियारको जोडीले सञ्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–१ ले, सिमान्त गुरुङ र अनिल शाहीको जोडीले दावा शेर्पा र गगन महर्जनको जोडीलाई ६–३, ६–२ ले पराजित गरेका छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully