युभेन्ट्स पुग्यो तेस्रो स्थानमा

पहिलो हाफको गोलरहित बराबरीपछि युभेन्ट्सले खेलको अन्त्यतिर दुई गोल गरेको हो ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Juventus moved up to third place

काठमाडौँ — लयमा फर्केको युभेन्ट्सले शनिबार पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा उक्लेको छ । यस जितसँगै युभेन्ट्स उपाधि होडमा पनि सामेल भएको छ ।

पहिलो हाफको गोलरहित बराबरीपछि युभेन्ट्सले खेलको अन्त्यतिर दुई गोल गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरेपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल गरे ।

लिग तालिकामो युभेन्ट्सको ३२ अंक भएको छ र यो शीर्षमा रहेको इन्टर मिलानसँग एकै अंकको दूरी हो । पिसा भने ११ अंकमा सीमित रहेर १९ औं स्थानमा छ र रेलिगेसनका लागि प्रत्यासी बनेको छ ।

शनिबारका अन्य खेलमा कोमोले लेचेलाई ३–० र कागलिरीले टुरिनोलाई २–१ ले पराजित गरेको छ । युडिनेजी र लाजियोले भने १–१ को बराबरी खेले ।

कान्तिपुर

Link copied successfully