टस जितेर पहिले ब्याटिङ गरेको बीपीसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएकाे थियाे ।
पर्सा — वीरगन्जमा जारी अन्तरकलेज २०–२० एनआई कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो सेमिफाइनलमा ज्ञानदा एकेडेमीले वीरगञ्ज पब्लिक कलेज (बीपीसी) लाई ६ विकेटले पराजित गरेकाे छ ।
यससँगै ज्ञानदाले फाइनल यात्रा सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बीपीसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएकाे थियाे । उसका लागि अयान आलमले सर्वाधिक ३४ रनबनाए ।
आयुष गुप्ताले २७ रनको योगदान गरे । ज्ञानदाका चन्दन राम र प्रियांस सर्राफले २/२, मुना यादव र रुपेश साह कानुले १/१ विकेट लिए ।
जवाफीब्याटिङ गर्दा ज्ञानदाले १५ ओभरमा चार विकेटको क्षतिमा १ सय २२ रन बनाउँदैबिजयी लक्ष्य भेट्टायो । ज्ञानदाका समिम मियाँ तेलीले १३, विवेक प्रजापतिले अविजित ६७ रनको योगदान गरे ।
कप्तान चन्दन रामले पनि अविजित १९ रन बनाए । बीपीसीका बलरहरु सलमान मियाँ धोबी, रोहित सर्राफ र शेख सामीले १/१ विकेट बाँडेका थिए ।
