एनआई कप क्रिकेट : ग्लोबल बिजनेसद्वारा डेसिमल १० विकेटले पराजित

ग्लोबलका कर्णबहादुर विश्वकर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

पुस १२, २०८२

शंकर आचार्य

NI Cup Cricket: Global Business defeats Decimal by 10 wickets

पर्सा — वीरगन्जमा जारी नेसनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा ग्लोबल बिजनेस कलेजले डेसिमल कलेजलाई १० विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको डेसिमलले १२ ओभरमा अल आउट हुँदै केवल २५ रनको योगफल तयार पार्‍यो ।

डेसिमलका लागि साजन राठोरले सर्वाधिक ८ रन बनाए । ग्लोबलका कर्णबहादुर विश्वकर्माले ४ र रोबिन मण्डलले ३ विकेट लिए ।

२६ रनको झिनो विजयी लक्ष्य पछ्याएको ग्लोबलले पहिलो ओभरमै २६ रन बनाएर विजय हासिल गर्‍यो । ग्लोबलका लागि रवीन्द्रसिंह कुँवरले २६ रन बनाए । ग्लोबलका कर्णबहादुर विश्वकर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत आइतबार ज्ञानदा एकेडेमी र वीरगन्ज पब्लिक कलेजबीच पहिलो र ग्लोबल बिजनेस कलेज र आयोजक नेसनल इन्फोटेकबीच दोस्रो सेमिफाइनल हुनेछ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully