माछापुच्छ्रे कप टेनिसमा कमल थापाको विजयी सुरुआत

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा कमल थापाले ६५ वर्षमाथिको डबल्सतर्फ पहिलो खेल जितेका हुन् ।

पुस १२, २०८२

दीपक परियार

Kamal Thapa's winning start in Machhapuchhre Cup tennis

What you should know

पोखरा — पोखरामा जारी २२औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले विजयी सुरुआत गरेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा थापाले ६५ वर्षमाथिको डबल्सतर्फ पहिलो खेल जितेका हुन् ।

शनिबार सम्पन्न खेलमा छ्याम्बा ढुन्डुपसँग जोडी बनाएर मैदान उत्रिएका थापाले सुदिप्ता चक्रवर्ती र प्रदीप मुखर्जीको जोडीलाई ४–०, ४–१ को सेटमा पराजित गरे ।

३५ वर्षमाथिको एकलतर्फ सञ्जयप्रसाद श्रेष्ठले लक्ष्मण तामाङलाई कडा प्रतिस्पर्धामा ६–४, ३–६ र सुपर टाइमा १०–५ ले हराए । उक्त विधामा विकास खड्काले नवराज शर्मालाई ६–१, ६–१ ले, पेमा नोर्बुले श्रीजन सिंहलाई ६–०, ६–१ ले, दावा शेर्पाले माधवसिंह विष्टलाई ६–०, ६–० ले र सोम राणाले सबिन श्रेष्ठलाई ६–१, ६–३ ले पराजित गरे ।

त्यस्तै, सुजन श्रेष्ठले निरज रेग्मीलाई ६–३, ७–६ ले, सन्तोष खत्रीले भीमबहादुर मगरलाई ६–३, ६–३ ले र अनिल शाहीले गगन महर्जनलाई ६–१, ६–१ ले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरे ।

४५ वर्षमाथिको एकलतर्फ अमित गुरुङले रामबहादुर विकलाई ६–२, १–६ र सुपर टाइमा १०–६ ले हराए । कमल भण्डारीले भिष्मराज पौडेललाई ६–३, ६–४ ले, सन्दुक के. लामाले प्रकाश बस्नेतलाई ६–४, ६–२ ले र केबी लामाले जिनमान किमलाई ६–२, ६–१ ले पराजित गरे ।

यसैगरी देव क्षेत्रीले शरण गुरुङलाई ६–०, ६–१ ले, निरज थापाले मनोजकुमार श्रेष्ठलाई ६–१, ७–५ ले, रोहित सुनुवारले आशिष सिग्देललाई ६–१, ६–० ले तथा सेजार गुरुङले राज गुरुङलाई ७–६, ६–० ले हराए । अमित गुरुङले हेमराज ढकालमाथि ६–४, ६–५ को जित निकाले ।

५५ वर्षमाथिको पुरुष एकलतर्फ जितेन्द्र प्रधानले उत्तम बोगटीलाई, महेन्द्र थापाले जितेन्द्र खड्कालाई, राजकुमार गुरुङले हर्कबहादुर गुरुङलाई, जीवन घिमिरेले करिमुल्ला मुस्लिमलाई, उत्तमकुमार लामाले समीर शेरचनलाई, अनु जोनले सुनिल गुरुङलाई, बिमल के. गुरुङले संजय झालाई तथा विदुर विष्टले धीरबहादुर गुरुङलाई पराजित गरे ।

४५ वर्षमाथिको पुरुष डबल्सतर्फ नविन चालिसे–निरज थापाको जोडीले गोपीबहादुर भट्टराई–धरमबहादुर लामिछानेको जोडीलाई तथा रोहित सुनुवार–जोली तार्गेनको जोडीले भिष्मराज पौडेल–लोक गुरुङको जोडीलाई सुपर टाइमा पराजित गरे ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully